३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो



अ+ अ-

कास्की। पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ ।

बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन । “विजयपुर नहरको पानी बन्द गरेरसमेत बगाएका बालकको खोजी गरिरहे पनि केही फेला पार्न सकेका छैनौँ, खोजतलास भइरहेको छ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।

पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक उनीहरूलाई दिउँसो १ः०० बजेतिर खोलाले बगाएको थियो ।

घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी खोजीमा खटिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट खोताखोरसहित नौ जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस