२९ श्रावण २०८३, शुक्रबार
,
Latest
वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताउनुभएको छ ।
शुक्रवारदेखि शुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभएको हो । सम्बोधनका क्रममा डा. कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गर्नुभयो ।

वीपी कोईरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उहाँले बनारसमा रहँदाका स्मृतिहरू साझा गर्नुभयो । वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाउनुभएको सुक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोईरालाले बताउनु भयो ।

पार्टीको ऐतिहासिक कालखण्डको चर्चा गर्दै डा. कोइरालाले भन्नुभयो, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोईरालाको आग्रहमा लण्डनबाट फर्किएलगत्तै शेरबहादुर जी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुर जी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली काँग्रेस अगाडि बढ्छ ।’

संस्थापन इतर समूहको भेला भएपनि डा. कोईरालाले देउवाको नेतृत्वप्रति पूर्ण समर्थन व्यक्त गर्नुभयो । देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोईरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचना समेत गर्नुभयो । उहाँले पार्टीभित्रको उत्साह र एकताले नै काँग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो ।