२९ श्रावण २०८३, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

राणाले शुक्रबार ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी नयाँ राजनीतिक दल दर्ता गराउनुभएको हो । आयोगमा दर्ता गरिएको दलको चुनाव चिन्ह ‘त्रिभुज’ राखिएको छ भने पार्टीको झण्डामा सेतो रङमा त्रिभुज अंकित गरिएको छ ।

नयाँ दल गठनमा मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको समेत संलग्नता रहने चर्चा भए पनि अन्ततः प्रसाईंको सहभागिताबिनै राणाले दल दर्ता गराउनुभएको हो । शक्ति बाँडफाँटका विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षले छुट्टाछुट्टै ढंगबाट राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका हुन् ।

राणाको नेतृत्वमा दर्ता भएको नयाँ दलले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको जनाइएको छ ।




भर्खरै