२८ श्रावण २०८३, बिहीबार
,
Latest
अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने पूर्वप्रधानमन्त्री देउवाले भनेः राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् ? रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव रोल्पा पहिरोमा ठूलो मानवीय क्षति, सरकारलाई गम्भीर बन्न रास्वपाको आग्रह ‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गर्नुभएको छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । उहाँले सम्बन्धित मन्त्रालयको उपस्थितिबिना गरिने बहसले नीतिगत निष्कर्ष निकाल्न नसक्ने बताउनु भयो । उहाँले आगामी बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई उपस्थित गराउनुपर्न सभापतिको ध्यानाकर्षण गराउनु भयो । समितिमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिलाई प्राथमिकता नदिएमा समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उहाँको भनाई छ ।

कृषि क्षेत्रसँग प्रत्यक्ष जोडिएको मलसम्बन्धी विषयमा मन्त्रालयका जिम्मेवार अधिकारीलाई शुरुदेखि नै छलफलमा सहभागी नगराउँदा पुरानो र नयाँ अभ्यासबीच कुनै फरक नहुने उहाँले बताउनु भयो । खनालले आगामी बैठकमा मन्त्री र सचिवलाई बोलाउनुपर्ने माग दोहोर्याउँदै समितिको बैठकलाई औपचारिकतामा मात्रै सीमित नगर्न समिति सभापतिसँग आग्रह गर्नुभयो ।

समितिलाई प्रभावकारी र बलियो बनाउने हो भने सम्बन्धित मन्त्री तथा सचिवको नियमित र व्यापक उपस्थिति आवश्यक रहेको उहाँको भनाई छ । खनालले नेपाललाई कृषि प्रधान देश भनिएपनि किसानले मल नपाएको गुनासो निरन्तर गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । यस्तो अवस्थामा मलको उपलब्धता, जैविक तथा प्राङ्गारिक मलको प्रवद्र्धन र रासायनिक मलमाथिको निर्भरता घटाउने विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँको भनाई छ ।

बैठकमा समिति सभापति अशोककुमार चौधरीले छलफलमा कृषिमन्त्री र सचिवलाई नबोलाएको जानकारी गराउनु भयो । उहाँले आगामी दिनमा बोलाउने प्रतिवद्धता पनि गर्नुभयो ।




भर्खरै