२८ श्रावण २०८३, बिहीबार
,
Latest
रोल्पा पहिरोमा ठूलो मानवीय क्षति, सरकारलाई गम्भीर बन्न रास्वपाको आग्रह ‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे… कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा



अ+ अ-

काठमाडाैँ । सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजनासहितको कानूनी र नीतिगत प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दलित समुदायका सम्बन्धमा सदनबाट पारित संकल्प प्रतावको कार्यान्वयनको अवस्थाबारे स्पष्ट पार्नुभएको हो ।

सांसद भूवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची अन्तर्गत दलित समुदायसँग औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने विषय समावेश गरिएको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानको धारा ४० मा व्यवस्था गरिएको दलितको मौलिक हक कार्यान्वयनका लागि ‘दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक’ तर्जुमा भई मन्त्रालयमा प्राप्त भएको र विधान ऐन, २०८१ अनुसार यसलाई अगाडि बढाउन विज्ञसहितको समिति गठन गरिएको बताउनु भयो ।

मन्त्री गौतमकाअनुसार यो विधेयकले दलित समुदायको संरक्षण, सशक्तीकरण र राज्यका हरेक संयन्त्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ । विधेयकमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, परम्परागत पेशाको संरक्षण, भूमि तथा आवास जस्ता महत्वपूर्ण विषय समेटिएका छन् ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा दलित समुदाय लक्षित विभिन्न कार्यक्रमहरू समावेश गरेको मन्त्री गौतमले उल्लेख गर्नुभयो । जसअनुसार देशभरका दलित बालबालिकालाई दिइँदै आएको बालपोषण भत्ता दोब्बर गरी मासिक १ हजार रुपैयाँ पु¥याइएको छ । ५ वर्षमुनिका दलित बालबालिकाको पोषण सहायताका लागि मात्रै ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, भूमिहीन दलित र सुकुम्बासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मधेस, कर्णाली र सुदूरपश्चिमका दलित बस्तीहरूमा परम्परागत सीप र कलाको प्रवद्र्धन गर्न ‘नमूना होमस्टे’ सञ्चालन गरिने र १११ वटा स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रममार्फत दलित महिलाको उद्यमशीलता विकास गरिने सरकारको योजना छ ।

छलफलका क्रममा सांसद सुनारले पूरक प्रश्न राख्दै १०० बुँदे कार्यसूचीमा उल्लेखित १५ दिनभित्र गरिने भनिएको क्षमायाचना र सुधारका कार्यक्रममा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले संविधान जारी भएको १० वर्ष पुग्दा समेत मौलिक हक कार्यान्वयनका लागि कानून बन्न नसक्नु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

जवाफमा मन्त्री गौतमले सरकारले विधेयकको मस्यौदा तयार गरिसकेको र यसलाई अझ बढी सुधारमुखी बनाउन माननीय सदस्यहरूबाट प्राप्त हुने सुझावलाई समेट्न सरकार सदैव खुला रहेको बताउनु भयो ।  उहाँले दलित समुदायको हितका लागि सरकारले ल्याएका कार्यक्रमहरूमा अपुग भएका विषयलाई परिमार्जन गर्दै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल