११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड

अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड
अ अ+ अ-

मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने महत्वपूर्ण मञ्च भएको बताउनुभयो ।

उहाँले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र सरकारलाई महत्वपूर्ण राजस्व योगदान गर्ने र ठूलो रोजगारी सिर्जना गर्ने क्षमता भएको क्षेत्र रहेको उल्लेख गर्नुभयो । यो क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातजस्ता क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसको विकासले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

पछिल्ला केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको र आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार तथा समग्र आर्थिक गतिविधिमा परेको उहाँले बताउनुभयो । पछिल्लो समय अर्थतन्त्रमा देखिन थालेका सकारात्मक गतिविधि भने स्वागतयोग्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा पाण्डेले जोड दिनुभयो । पुँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात तथा सहरी पूर्वाधारको विकास तीव्र हुने र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पर्ने उहाँले बताउनुभयो ।

‘अटोमोबाइल एक्स्पोहरू व्यापार प्रवद्र्धनका माध्यम मात्र होइनन् । यिनले उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छन्,’ उहाँले भन्नुभयो ।

युवा जनशक्तिको विदेश पलायन रोक्न उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन तथा मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो । यस्ता क्षेत्रमा लगानी बढाउन सके स्वदेशमै ठूलो संख्यामा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो ।

निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणलाई प्रोत्साहन गर्न स्थिर सरकार, नीतिगत स्थिरता, कानुनी सुधार तथा लगानीमैत्री वातावरण आवश्यक रहेको पाण्डेले बताउनुभयो । उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा दिगो लगानी बढाउन सके नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र समृद्धिको आधार बलियो बन्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले ‘नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले व्यापार प्रवद्र्धनसँगै नयाँ प्रविधिबारे उपभोक्तालाई जानकारी गराउने, बजारमा विश्वास बढाउने तथा विद्युतीय र हरित मोबिलिटीको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो  ।