११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
अ अ+ अ-

काठमाडाैँ । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको छ ।

भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा स्वयंसेवक र उद्धारकर्मीहरूले खाली हात, बाल्टी तथा सामान्य उपकरणको सहायताले रातिसम्म उद्धार तथा खोजी कार्य जारी राखेका छन् । कोलम्बियाको सुरम्य कफी क्षेत्र तथा प्रशान्त तटीय क्षेत्रका विभिन्न सहरमा स्थानीय समयअनुसार बिहान ७ः३० बजेपछि भूकम्प गएको थियो । शक्तिशाली कम्पनका कारण मानिसहरू आतङ्कित हुँदै घरबाट बाहिर निस्किएका थिए । राजधानी बोगोटासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

क्विब्डोका कानूनका विद्यार्थी विल्मर कुएस्टाले आफूले अनुभव गरेको भूकम्पलाई निकै भयावह भएको बताउनुभयो । उहाँले मानिसहरू आत्तिएर घरबाट भागेको र कतिपय दोस्रो तलाबाट समेत हामफालेर बाहिर निस्किएको बताउनुभयो । नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले पद तथा गोपनीयताको शपथ लिएको तीन दिनपछि नै भूकम्पको विपद् सामना गर्नुपरेको छ । उहाँले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कालीमा स्वयंसेवकहरू छनोट, सामान्य उपकरण र आफ्नै हातको प्रयोग गर्दै भग्नावशेषमा पुरिएका मानिसको खोजीमा जुटेका थिए । आन्द्रेस फेलिप मेजिया पनि त्यहीमध्ये एक हुनुहुन्थ्यो । उहाँले आफूहरू भग्नावशेषमा फसेका सबैलाई जीवितै बाहिर निकाल्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार एक उद्धारकर्ताले भग्नावशेषभित्र फसेका मानिसलाई आफू जीवित रहेको सङ्केत दिन सिटी बजाउन आग्रह गरेका थिए । केही समयपछि भग्नावशेषभित्रबाट पनि सिटीको आवाज आएको थियो । उद्धारकर्मीहरूले त्यसपछि एक पुरुष र एक बालकलाई बाहिर निकाले पनि उनीहरूको परिवारकी एक महिला अझै भग्नावशेषमा फसेकी थिइन् । उद्धारकर्मीहरूले इँटा र कङ्क्रिटका टुक्रा हटाउन मानव साङ्लो बनाएर काम गरेका थिए । भग्नावशेषमुनिबाट कुनै आवाज वा जीवनको सङ्केत सुनिन्छ कि भनेर उनीहरू केही–केही मिनेटमा काम रोकेर सुनिरहेका थिए ।

कालीलगायत प्रभावित सहरमा स्थानीय बासिन्दाले उद्धारकर्मीलाई खाना, पानी, आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराएका थिए । धेरै मानिस स्वयंसेवकका रूपमा उद्धार कार्यमा सहभागी भएका थिए । भूकम्पपछि प्रभावित सहरहरूमा ठूलो क्षतिको दृश्य देखिएको छ । कङ्क्रिटका संरचनाबीच फर्निचर तथा कपडा थिचिएका छन् भने कतिपय भवनका भित्ता र भुइँ अनियमित रूपमा भत्किएका छन् । सडकमा विद्युत् तथा अन्य तार छरिएका छन् । मनिजालेसमा एक पत्रकारले सहरको चर्चित नव–गोथिक क्याथेड्रलको एउटा टावरसमेत भत्किएको देखेका थिए । अन्य धेरै भवनमा पनि गम्भीर क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । दन्त चिकित्सक जुलियन पेना भूकम्प जाँदा क्विब्डोस्थित आफ्नै घरमा हुनुहुन्थ्यो । उहाँले कम्पन अत्यन्त शक्तिशाली रहेको बताउँदै मानिसहरू सडकमा निस्केर प्रार्थना गरिरहेको बताउनुभयो ।

आफू कुनै सामान नलिई घरबाट बाहिर दौडिएको र बाहिर सयौँ मानिस जम्मा भएको उहाँले बताउनुभयो । उहाँका अनुसार केही भवनमा ठूलो चिरा परेको र कतिपय भवन पूर्णरूपमा ध्वस्त भएका छन् । राजधानी बोगोटामा समेत मानिसहरू पायजामामै सडकमा निस्किएका थिए । अधिकारीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् । पाँच सहरका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ भने कालीमा रातिको कर्फ्यु घोषणा गरिएको छ । नागरिक वैमानिकी एजेन्सीका अनुसार कम्तीमा छवटा स्थानीय विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिएको छ । आगामी सबै व्यावसायिक फुटबल खेल पनि स्थगित गरिएको छ ।

भूकम्पको केन्द्रबाट करिब ११० किलोमिटर गहिराइमा कम्पन उत्पन्न भएको र छिमेकी इक्वेडर तथा पानामासम्म त्यसको धक्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूले नाज्का टेक्टोनिक प्लेटभित्र गहिराइमा रहेको फल्टको गतिविधिका कारण भूकम्प गएको हुन सक्ने बताएका छन् । यो विनाशकारी घटना छिमेकी भेनेजुएलामा शक्तिशाली दुईवटा भूकम्पबाट छ हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको र दशौँ हजार मानिस घरबारविहीन बनेको दुई महिनाभन्दा कम समयपछि भएको हो ।

भूकम्पपछि कोलम्बियालाई विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले सहयोगको प्रस्ताव गरेका छन् । पप गायिका शाकिराले पनि एकताको आह्वान गर्दै आफ्नो मातृभूमिका नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सबैलाई एकअर्कालाई बलियो साथ दिन आग्रह गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले परिस्थितिलाई नजिकबाट नियालिरहेको र कोलम्बियाका जनतालाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

त्यसपछि अमेरिकाले कोलम्बियाका लागि एक करोड ५५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता घोषणा गरेको छ । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले उद्धार तथा क्षतिको मूल्याङ्कनमा सहयोग गर्न युरोपेली सङ्घले आफ्नो कोपर्निकस स्याटेलाइट सेवा परिचालन गरेको बताउनुभएको छ । इजरायल, मेक्सिको, इक्वेडर र फ्रान्सले पनि कोलम्बियालाई उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रस्ताव गरेका छन् ।