२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता



अ+ अ-

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो ।

दुवैको कार्यकाल ४ वर्षको हुनेछ । उनीहरुलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरे ।