२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै उहाँले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नृभयो ।

उहाँले विधेयक प्रस्तुत गर्दै २०६८ सालमा जारी भएको ऐनलाई संशोधन गर्न र छिटोछरितो न्याय निरुपणका लागि विधेयक ल्याइएको जानकारी गराउनुभयो । बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै उहाँले बालबालिका जोखिमपूर्ण काममा लगाउन निषेध गर्न, प्रचलित कानुनलाई नियमित र नियमण गर्न बनाउन विधेयक ल्याएको सदनलाई जानकारी गराउनुभयो । प्रतिनिधिसभा बैठक जारी छ ।