११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल

उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल
अ अ+ अ-

काठमाडाैँ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सोमबार बसेको समितिको बैठकमा सभापति गजुरेलले सुरुङमार्ग साउनको पहिलो वा दोस्रो सातादेखि सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि उद्घाटनपछि समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सुरुङमार्ग टोल शुल्क लिएर सञ्चालन गर्ने पूर्वाधार भएकाले निर्माण सम्पन्न भएपछि तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

गजुरेलका अनुसार सुरुङमार्ग सञ्चालनमा ढिलाइ हुनुको प्रमुख कारण उद्धार संयन्त्र पूर्ण रूपमा तयार नहुनु हो । चिनियाँ ठेकेदारले सञ्चालनको तयारी गरिरहेको भए पनि एकैपटक दुई–तीनवटा सवारीसाधन दुर्घटनामा परेमा उद्धार गर्न आवश्यक संयन्त्र तयार नभएकाले सञ्चालनमा ढिलाइ भइरहेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।

उहाँले उद्घाटनअघि नै पूर्वाधार पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नुपर्नेमा उद्घाटन भइसकेपछि पनि तयारीकै काम भइरहनु उचित नभएको बताउनुभयो । सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा राज्यले प्राप्त गर्न सक्ने आम्दानीसमेत गुमाइरहेको उहाँको भनाइ थियो ।

सभापति गजुरेलले नागढुंगा सुरुङमार्गसहित ठूला पूर्वाधार आयोजनाको स्थलगत अनुगमन र निरन्तर फलोअप आवश्यक रहेको बताउनुभयो । सांसदहरूले आयोजनास्थलमै पुगेर आयोजना प्रमुख तथा सम्बन्धित कर्मचारीसँग प्रतिबद्धता लिनुपर्ने र त्यसअनुसार प्रगति नभए जवाफ माग्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाको संख्या थपिए पनि अधिकांश आयोजना समस्याग्रस्त रहेको भन्दै सरकारको परियोजना व्यवस्थापन प्रणालीमाथि समेत प्रश्न उठाउनुभयो । काठमाडौं–तराई/मधेस द्रुतमार्ग, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेल तथा मेट्रो रेल आयोजना र मेलम्ची खानेपानी परियोजनालगायत राष्ट्रिय गौरवका आयोजनामा समस्या रहेको उहाँले बताउनुभयो ।

गजुरेलले राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै र प्रभावकारी कानुनी तथा प्रशासनिक व्यवस्था आवश्यक रहेको पनि बताउनुभयो । सामान्य आयोजनामा लागू हुने खरिद ऐन तथा नियमावली नै राष्ट्रिय गौरवका आयोजनामा लागू गर्ने हो भने त्यस्ता आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुको औचित्य नरहने उहाँको भनाइ थियो ।

यसैबीच, पूर्वाधार विकास समितिले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ९० प्रतिशत पुर्‍याउने लक्ष्यसहित काम गर्न विकासे मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका सभापति गजुरेलले सम्बन्धित मन्त्रालयलाई प्रत्येक तीन महिनामा पुँजीगत खर्चको विवरण र निर्धारित लक्ष्यअनुसार खर्च हुन नसक्नुको कारण समितिमा लिखित रूपमा बुझाउन निर्देशन दिनुभएको हो ।

उहाँले सरकारको पुँजीगत खर्च १०० प्रतिशत हुनुपर्ने भए पनि वर्तमान सरकारको अवस्थामा कम्तीमा ९० प्रतिशत खर्च हुनुपर्ने बताउनुभयो । मन्त्रालयहरूले प्रत्येक तीन महिनामा खर्चको प्रगति, निर्धारित लक्ष्य र लक्ष्य पूरा हुन नसक्नुको कारण स्पष्ट रूपमा प्रस्तुत गरेपछि समितिले त्यसका आधारमा थप प्रश्न र निगरानी गर्न सक्ने उहाँले बताउनुभयो ।