११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग

ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले एलपी ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद अधिकारीले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले एकातिर देशमा विद्युत खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै वैकल्पिक ऊर्जाको प्रयोगमार्फत समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद अधिकारीले ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिए पनि विद्युत् खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने विषयमा समेत सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भान्सामा साँझ र बिहानको छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् । आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार ? एकातिर देशमा बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । योभन्दा ठूलो विडम्बना अरू के हुनसक्छ ?’

ग्यासको अभावबाट नागरिकलाई राहत दिन सरकारले तत्काल ग्यासका लागि लाइन बस्ने अवस्थाको अन्त्य गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याउनुपर्ने उहाँको भनाइ छ ।

ग्यास आपूर्तिमा पटक–पटक समस्या भइरहँदा पनि विद्युत् खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित गरिरहेको त छैन भन्ने प्रश्न गर्दै सांसद अधिकारीले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उहाँले नागरिकले एलपी ग्यासका लागि अझै कति सास्ती भोग्नुपर्ने हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो।