२५ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै डा. कार्कीले यस्तो बताउनुुभएको हो ।

डा. कार्कीले कार्यकारी निर्देशक पदका लागि केवल फरेन्सिक मेडिसिनमा मात्र सिमित नभई चिकित्सा विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र भौतिक विज्ञान जस्ता विधाहरूमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई पनि समेट्नुपर्ने तर्क गर्नुभयो । कुनै एक विधामा मात्र सिमित रहँदा योग्य उम्मेदवारको अभाव हुन सक्ने र छनोट प्रक्रिया खुम्चिने उल्लेख गर्दै उहाँले सक्षम जनशक्तिलाई अवसर दिनुपर्ने बताउनु भयो ।

कार्यकारी निर्देशकको उमेर हदका बारेमा चर्चा गर्दै डा. कार्कीले ६० वर्षको सीमालाई परिवर्तन गर्न नहुने पक्षमा आफ्नो मत राख्नुभयो । नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र सफलता हासिल गरिरहेको उल्लेख गर्दै उहाँले नयाँ र अपडेटेड पुस्तालाई नेतृत्वमा आउने अवसर प्रदान गर्नुपर्ने बताउनु भयो ।

कार्यकारी निर्देशकका लागि आवश्यक १० वर्षको कार्य अनुभवका सम्बन्धमा स्पष्ट पार्दै डा. कार्कीले भन्नुभयो, ‘सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेपछि हासिल गरेको अनुभवसँगै चिकित्सकहरूको हकमा इन्टर्नसिप र शुरुवाती चरणदेखिको कार्य अनुभवलाई पनि गणना गरिनुपर्छ । प्रमाणपत्रभन्दा कार्य अनुभव बढी महत्वपूर्ण हुन्छ । ६० वर्ष कटेका अनुभवी व्यक्तिहरूलाई कार्यकारी भूमिकामा भन्दा पनि सल्लाहकारका रूपमा नियुक्त गरी उहाँहरूको अनुभवबाट लाभ लिन सकिन्छ ।’

बैठकमा विधेयकका अन्य प्रावधानहरू र प्रयोगशालालाई आधुनिक एवं वैज्ञानिक ढंगले सञ्चालन गर्ने विषयमा समेत दफावार छलफल भएको हो । –




भर्खरै