२५ श्रावण २०८३, सोमबार
,
Latest
निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग



अ+ अ-

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

वर्षाका कारण गोरखाको लक्ष्मीबजारमा यही साउन १८ गते मानसिंह गुरुङको घर पहिरोबाट भएपछि विपद्मा परेको परिवारलाई समितिले रु एक लाख एक हजार १११ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा पदमबहादुर गुरुङले आफ्ना स्वर्गीय बुवा लोकबहादुर गुरुङको स्मृतिमा रु दश लाखको ‘लोक बहादुर गुरुङ स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको छ ।

उक्त अक्षयकोषबाट प्राप्त हुने व्याज रकम सामाजिक सेवा, मानवीय सहयोग तथा विपद्मा परेका व्यक्तिको राहतमा उपयोग गर्ने उद्देश्य राखिएको छ । सोही उद्देश्यअनुसार अक्षयकोषबाट प्राप्त व्याजबाट पहिरोपीडित परिवारलाई सहयोग गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष नरसिंह राना, पूर्वअध्यक्ष शेरकुमार मल्लले लक्ष्मीबजारमै पुगेर पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।