११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा

साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा
सन्दर्भ तस्बिर
अ अ+ अ-

इलाम। इलाममा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट जिल्लाको पाँच हजार ९५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म सञ्चालित कार्यक्रमअन्तर्गत जिल्लाको नौ वटा पालिकामा २३६ सिँचाइ आयोजना निर्माण गरिएका साना सिँचाइ कार्यक्रम फिक्कल क्लस्टर कार्यालयका प्रमुख केशव लामाले जानकारी दिनुभयो ।

स्वीजरल्याण्ड सरकार, नेपाल सरकार, कोशी प्रदेश सरकार, स्थानीय सरकार र उपभोक्ताको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत सो अवधिमा रु एक अर्ब २३ करोड ६० लाखको साना–ठूला गरी २३६ वटा सिँचाइ आयोजना निर्माण गरिएका छन् ।

साना सिँचाइ कार्यक्रमले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै इलाम नगरपालिकामा रु २५ करोड १५ लाखको लागतमा ४० सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट इलाम नगर क्षेत्रका एक हजार ४२२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

माङसेबङ गाउँपालिकामा रु १६ करोड १७ लाखको लागतमा तीन वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । सो आयोजनाबाट माङसेबुङका ६७३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । यस्तै सूर्योदय नगरपालिकामा रु १४ करोड ३१ लाखको लागतमा ३१ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट सूर्योदयका ६०२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

यस्तै देउमाई नगरपालिकामा रु १४ करोड दुई लाखको लागतमा २० वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट देउमाईका ८०३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । सन्दकपुर गाउँपालिकामा रु १३ करोड ९७ लाखको लागतमा २९ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट त्यहाँको ७५९ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको प्रमुख लामाले जानकारी दिनुभयो ।

त्यसैगरी फाकफोकथुम गाउँपालिकामा रु १२ करोड २२ लाखको लागतमा १८ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट फाकफोकथुमका ४८६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । माइजोगमाई गाउँपालिकामा रु ११ करोड ९० लाखको लागतमा २२ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट माइजोगमाईका ७३१ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

प्रमुख लामाका अनुसार रोङ गाउँपालिकामा रु आठ करोड पाँच लाखको लागतमा २२ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट रोङका २४१ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । त्यसैगरी माई नगरपालिकामा रु सात करोड ८१ लाखको लागतमा १६ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । आयोजनाबाट माईका २३३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

स्वीस सरकारको ३० प्रतिशत अर्थात् रु ३७ करोड आठ लाख, नेपाल सरकार, कोशी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारको २०/२० प्रतिशत अर्थात् रु २४ करोड ७२ लाखका दरले एवं स्थानीय उपभोक्ताको १० प्रतिशत अर्थात् रु १२ करोड ३६ लाखको लागत साझेदारीमा आयोजना निर्माण सम्पन्न भएका हुन् । आयोजना निर्माणको क्रममा धेरैजसो पक्की कुलो निर्माण भएका छन् भने कुनैकुनै क्षेत्रमा प्लास्टिक पाइप र ग्याविन वालको समेत काम भएको छ ।

सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका हजारौँ किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । कार्यक्रम कार्यान्वयनको लागि प्रत्येक स्थानीय तहमा नै साना सिँचाइको कार्यालय स्थापना गरिएको थियो । पछिल्लो समय किसानलाई सिँचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको हो । साना सिँचाइ कार्यक्रमले ग्रामीण क्षेत्रका वास्तविक किसानलाई व्यावसायिक कृषिमा लाग्न अभिप्रेरित गरेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा इलामसहित कोशी प्रदेशको मध्यपहाडी आठ जिल्लाका ५९ स्थानीय तहमा साना सिँचाइ कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम अन्तर्गत कोशी प्रदेशका ५९ स्थानीय तहमा एक हजार ४४० वटा सिँचाइ आयोजना निर्माण गरिएका छन् । जसबाट २५ हजार ९३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएसँगै किसानले समय अनुसारका अन्नबाली तथा तरकारी बाली उत्पादन गर्न थालेका छन् । यतिबेला किसानहरुको दैनिकीसमेत फेरिएको छ । पहिले मौसमी धान र मकैको खेती मात्र गर्ने किसान अहिले बेमौसमी तरकारीको व्यावसायिक खेती गर्न थालेका छन् । “यसअघि सिजनमा धान रोप्नका लागि आकासे पानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझैसमेत राख्नुपर्ने बाध्यता थियो”, इलाम नगरपालिका–१० का किसान किशोर रम्तेलले विगत स्मरण गर्दै भन्नुभयो, “साना सिँचाइ कार्यक्रमअन्तर्गत सिँचाइ आयोजना निर्माण भएपछि अहिले बेमौसमी तरकारीको व्यावसायिक खेती हुन थालेको छ ।”

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुन थालेको सोही वडाका अर्का किसान बुद्धनाथ फुँयाल भनाइ छ । इलाममा धान, मकै, गुहँ, कोदो, फापर, तोरीलगायत अन्नबाली अलैँची, अदुवा, कफी, आलु, ड्रागन फ्रुट, अम्रिसो, चियालगायत नगदेबाली एवम् टमाटर, अबकरे, मूला, काउली, कोपी, बन्दा, सिमीजस्ता तरकारीबालीको व्यावसयिक खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार इलाममा ३३ हजार पाँच हेक्टर क्षेत्रमा मकै, १० हजार ३४२ हेक्टर क्षेत्रमा धान, चार हजार ५२० हेक्टर क्षेत्रमा गहुँ, एक हजार पाँच सय ७३ हेक्टर क्षेत्रमा कोदोको व्यावसायिक खेती हुँदै आएको छ ।

त्यस्तै एक हजार ६९० हेक्टर क्षेत्रमा अलैँची, दुई हजार ६२२ हेक्टर क्षेत्रमा अदुवा, ८९० हेक्टर क्षेत्रमा किवी, २७८ हेक्टर क्षेत्रमा सुन्तला र १२५ हेक्टर कफिको व्यावसायिक खेती हुँदै आएको छ । रासस