३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण



अ+ अ-

दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण संरचना तथा उपकरणहरुसहित गाउँपालिकाको नाममा पास गरी जग्गाधनी पुर्जासहित सम्पूर्ण स्वामित्व गाउँपालिकाको हुने गरी हस्तान्तरण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
संस्थाले सञ्चालन गरिरहेको अस्पताल गाउँपालिकाले नै आफ्नो स्वामित्वमा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

गाउँपालिकाभित्र अन्य अस्पताल नभएको र सामान्य जाँच गराउनका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा जटिल समस्याबाहेक अन्य सबै सुविधा सहज तरिकाले पाउन सकिने वैतेश्वर गाउँपलिकाका स्वास्थ्य शाखाप्रमुख देवलाल तामाङले बताए ।

अस्पतालबाट जिल्लाको जुङ्गु, झयाकु, क्षेत्रपा, नाम्दु, काव्रे, गैरिमुदी, मिर्गे ठूलोपातल लगायतका नागरिकले स्वास्थ्य सुविधा लिँदै आएका छन् । स्वास्थ्य आम नागरिकको मौलिक अधिकार भए तापनि गाउँपालिकाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा गाउँपालिकाकै स्वामित्वमा व्यवस्थित तरिकाले अस्पताल सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।