११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
अ अ+ अ-

काठमाडाैँ । हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन् ।

सडकको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो । यसले स्थानीयवासी, विद्यार्थी, किसान र यात्रुले दैनिक रूपमा सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ ।

तर, बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन् । पुल निर्माण अधुरै रहेकाले बालुवा र माटोले बनाइएको वैकल्पिक बाटो साँघुरो र जीर्ण बन्दै गएका स्थानीय सुरेश साहले बताउनुभयो । उहाँका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण दैनिक रूपमा घण्टौसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन वर्षायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ । कतिपय अवस्थामा यात्रुले लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ भने एम्बुलेन्स, विद्यालयका सवारीसाधन र अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको स्थानीय सञ्जीकुमार मिश्रले बताउनुभयो ।

स्थानीयले पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएपनि कामले अपेक्षित गति लिन नसकेको उहाँको गुनासो छ । सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै तयार हुने अपेक्षा गरिए पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ । उक्त पुल निर्माणका लागि विसं २०७९ फागुनमा रामजानकी निर्माण सेवा जनकपुरधामले रु २० करोड सम्झौता गरेको थियो । हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेमा सम्पन्न गर्ने गरी म्याद थप भएपनि हालसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ । बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार निर्माण व्यवसायीले काम गरिहेकाले केही महिनाका लागि पुनः म्याद थप गरेर तीव्रता दिने तयारी भइरहेको छ । पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा समस्या अझ गम्भीर बन्ने स्थानीय बताउँछन् । खोलामा पानीको बहाव बढेपछि आवतजावत गर्न कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने स्थानीयको अनुभव छ ।