११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
अ अ+ अ-

काठमाडाैँ । जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका बेला देशको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियारसम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ । जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ । साथै, जापानले दशकौँदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ ।

तर चीनलगायत पूर्वी एसियाली मुलुकको बढ्दो सैन्य क्षमता तथा जापानको प्रमुख सुरक्षा साझेदार अमेरिकाको विश्वसनीयतामाथि उठिरहेका प्रश्नका कारण उक्त नीति दबाबमा परेको छ । प्रधानमन्त्री सानाए ताकाइचीले तीन गैर–आणविक सिद्धान्तप्रतिको सरकारको भावी अडान स्पष्ट पार्न अस्वीकार गर्नुभएको छ । रक्षामन्त्री शिन्जिरो कोइजुमीले गत महिना आणविक हतियारसम्बन्धी विषयमा कुनै बन्देजबिना छलफल गर्नुपर्ने बताउनुभएको थियो । गत डिसेम्बरमा सरकारका एक वरिष्ठ अधिकारीले जापानले आणविक हतियार राख्नुपर्ने सङ्केत गरेपछि त्यसको जापानमा व्यापक आलोचना भएको थियो ।

सन् १९४५ को हिरोसिमा आणविक बम आक्रमणबाट बाँच्नुभएका ८२ वर्षीय अभियानकर्मी सातोशी तानाकाले जापानको आणविकविरोधी प्रतिबद्धता परिवर्तन हुन सक्ने आशङ्काले आफू चिन्तित रहेको बताउनुभयो । उहाँले सैन्य क्षमतामा मात्र ध्यान दिनुको सट्टा कूटनीतिमार्फत शान्ति निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जापानले बिहीबार हिरोसिमा आणविक बम आक्रमणको ८१ औँ वार्षिकोत्सव मनाएको थियो भने आइतबार नागासाकी आक्रमणको स्मरण गर्दै कार्यक्रम आयोजना गर्दैछ । सन् १९४५ को अगस्तमा अमेरिकाले हिरोसिमा र नागासाकीमा गरेको आणविक बम आक्रमणमा विकिरणको प्रभावसहित दुई लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।