११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

धर्मको खेती र भ्रम

धर्मको खेती र भ्रम
अ अ+ अ-

वृहत् नेपाली शब्दकोषले धर्मका बारेमा दिएको परिभाषा

[सं०] १. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव। २. स्वाभाविक गुण; सहज वृत्ति। ३.स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म। ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो― मानवधर्म, नारीधर्म, युगधर्म इ०)। ५. असल आचरण; सदाचार; नियम। ६. पुण्य; सत्कर्म। ७.ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म। ८.कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।

के हो त धर्म?

माथिल्ला धर्म सम्बन्धित परिभाषा वृहत् नेपाली शव्दकोशबाट सभार गरिएको हो।धर्म परापूर्व कालदेखि नै मानव सभ्यताको अभिन्न अङ्ग बन्दै आएको छ।धर्मको उल्टो अधर्म अर्थात पाप हो।मेरो बुझाइमा धर्म आचारसंहितामा आधारित पद्धति हो जसले मानवलाई सहि दिशानिर्देश गर्दछ।धर्म बोली,व्यवहार दैनिकीमा प्रकट हुने भाव हो।मानिसलाई असल कर्ममा लाग्न प्रेरित गर्ने सिद्धान्त वा दर्शन हो।त्यसो त संसारमा कुनैपनि धर्म नमान्ने तटस्थ मानिसहरु पनि पाइन्छन्।संस्कृत साहित्यमा “धर्मो रक्षती रक्षत” अर्थात् जसले धर्मको रक्षा गर्छ उसको रक्षा धर्मले गर्छ।सत्य,न्याय,अहिंशा प्रकृतिको संरक्षण सबै धर्मकर्मनै हुन।ती सबै मानव कल्याणका लागि बनेका हुन।यी त भए धर्मका परिभाषा र अर्थ।

यहाँ चर्चा गर्न खोजिएको कुरा के हो भने के मानिस साच्चिकै धार्मिक छ्न त?संसारमा धेरै धर्म प्रचलनमा छ्न।विश्वको सबैभन्दा पुरानो धर्म वैदिक धर्म हो।आजभोलि यसलाई हिन्दू धर्म भनेर चिनिन्छ।यस भित्र अनेक शाखा एवं प्रशाखा छन् ।त्यस्तै इसाई,मुस्लिम बौद्ध,जैन र जिउज आदि।धर्मका अनेक प्रकार भएपनि खासगरी मानव धर्म चाहिँ सबैभन्दा ठूलो धर्म हो भन्दा अतियुक्ती नहोला।त्यसैले त महाकवि लक्ष्मीप्रसाद देवकोटा भनाइमा मानिसले धर्मको नाममा अनेक तिर्थ र वर्त गर्नु आवश्यक छैन।दीनदु:खीहरुको सेवा गर्नुनै असली मन्दिरको यात्रा हो भन्ने ऊनको बुझाइ छ।प्रस्तुत कविताको भावनापनि यहि छ।

“कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो?”

“कुन सामग्री पुजा गर्ने साथ कसोरी लाने हो?”

लक्ष्मीप्रसाद देवकोटाले बडो तिलस्मी ढङ्गले प्रस्तुत गरेका छन्।ऊनि मन्दिरका ढोकामा जानु भन्दा बरु आर्थहरूको चहराई रहेको घाउमा मलमपट्टी लगाऊ भन्छन।

“फर्क-फर्क,हे जाउ समाउ,मानिसहरुको पाउ”

मलम लगाउ आर्थहरुको,चहराइरहेको घाउ”

देवकोटा मानव धर्मका पक्षपाती थिए भन्न सकिन्छ।साम्यवादी चिन्तक कार्लमार्क्सले धर्म अफीम भने।उनका अनुसार धर्मले समाजको प्रगतिलाई पछाडि रोक्न मद्दत गर्छ।यद्धपी,धर्म समाजको सभ्यतासंग जोडिएको छ।मानव सभ्यताको सुरुदेखिनै धर्मले ठाउँ ओगटेको देखिन्छ।हिन्दू वैदिक सनातन धर्मले वेद र पुराणलाई आफ्नो धर्मग्रन्थ मान्छ।यो ब्रमाण्ड ईश्वरीय चमत्कारले चल्छ।परमात्माको अनुकम्पाले यो सृष्टि चलेको छ र उसैको खटनपटनले यो जगतको संचालन हुन्छ भन्ने कथनिय धारणा पाइन्छ।अझ मनुष्य जीवनमा गरेका हरेक कर्मले मृत्यु पष्चातको बाटो तय हुन्छ भन्ने धारणा वा बुझाइ छ।अनेक किसिमका दान,धर्म,तिर्थ एवं व्रत गर्नाले पुण्य प्राप्त हुने र स्वर्गको सुखभोग गर्न पाउने उल्लेख भए अनुसार मानिसहरू लौकिक धर्ममा तल्लीन छन्।अन्य धर्मावलम्बीले आ-आफ्नो परम्परामा आधारित संस्कार र संस्कृति मानिरहेका छन्।बुध्दले अहिंसाको बाटोनै मुक्तिको मार्ग भने।मोहम्मद् र जिससले प्रेम,दया,करुणा र दानलाई

धर्म भने।

के मानिसहरू धार्मिक छन् त?

अहिले मानिसहरु आफूलाई धार्मिक ठहर्‍याउन अनेक खालका धार्मिक अनुष्ठान,मन्दिर,गुम्बा मस्जिद एवम् गिर्जाघर धाउने प्रवृत्ति छ।तर धर्मका नाममा पुजापाठ,दानपुण्य र भजनकिर्तन गरेपनि समाज भने दिनदिनै अराजक,अशहिष्णु र व्यविचारी बनिरहेको छ।एउटै सम्प्रदाय भित्र पनि मेलमिलाप छैन।

पैसाको आडमा मानिसले अपराध कर्म गर्ने र त्यस्तो कर्मलाई धर्मको आवरणले छोप्ने गरिन्छ।आजभोली धर्मका ठेक्का लिएका कथित धर्मगुरुहरुले सनातनी परम्परालाई तोड्दै कथा,पुराण र अनुष्ठानका नाउंमा मोटो रकम लिने र सान सौकतको जीवन जिउने चलन बढ्दै छ। वास्तविक धर्मका बारेमा जानकारी नभएकाहरुलाई बटुलेर शास्त्रसंगत नभएका किस्सा सुनाएर भ्रममा पार्ने तत्व सक्रिय छ।एक धार्मिक सम्प्रदायले अर्को सम्प्रदायका मानिसलाई घोचपेच गर्ने,जबर्जस्ती धर्म परिवर्तन गर्न लगाउने साथै रुढिवादी संस्कारलाई प्रश्रय दिने खालका गतिविधि ति भ्रम सिवाय केही होइन।

हाम्रो संविधानले सबै धर्म,संस्कृति र सम्प्रदायमा आस्था राख्ने मानिसलाई कुनै सम्प्रदायका प्रति अनास्था नफैलाउने गरि आ-आफ्नो परम्परा मान्न अधिकार दिएको छ।प्रकृतिको धर्म भनेको हिउँदमा ठन्डा गराउने,वर्षामा वृष्टि गराउने,सूर्यले ताप दिने,चन्द्रमाले शितलता दिने,हावा वहने,आगो जल्ने र पानीले पियास मेटाउने कार्य निभाएकै छन्।तर मानिसले धर्म छोडेका छन्।लहलहै र भ्रमको पछाडि दौडएका छन्।तसर्थ,समाजलाई ठीक ढंगले अगाडि लान धर्मलाई पुनर्परिभाषित गर्नआवश्यक छ।जसले समाजमा शान्ति र अमनचयन स्थापना गर्न सहयोग गरोस्।