२४ श्रावण २०८३, आईतवार
,
Latest
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल



गुड गभर्नेन्स प्रोटेक्सन फोरम नेपालद्वारा आइतबार आयोजना गरिएको ‘नेसनल गभर्नेन्स समिट २०२६’मा मन्तव्य राख्नुहुँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सभापति हरि ढकाल । तस्बिर : प्रदीपराज वन्त/ रासस
अ+ अ-

काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका विषयमा धारणा राख्दै ढकालले देश एकैपटक समृद्ध बन्न नसक्ने र सुशासन पनि रातारात स्थापित नहुने बताए। उनले अहिले एकअर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिए।

विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुगेपछि भोग्नुपरेका व्यावहारिक कठिनाइलाई स्वीकार गर्दै ढकालले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेको बताए।

प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै उनले प्रधानमन्त्री एक्लै नभएको र वर्तमान कार्यकालमा नागरिकमा सबैभन्दा ठूलो विश्वास पैदा गर्ने गरी काम गर्नुपर्ने बताए।

उनले भने, “एकैचोटि धनी भइँदैन, एकैचोटि देश धनी बन्दैन। एकैचोटि सुशासन पनि आउँदैन। वर्षात् सकिएलगत्तै नदीहरू सङ्लो हुँदैनन्। साउन–भदौमा वर्षा सकिए पनि कोशी, गण्डकी र कर्णालीजस्ता ठूला नदी सङ्लो हुन असोज अन्तिम वा कात्तिकसम्म कुर्नुपर्छ।”

देशको सुशासन र समृद्धिको यात्रा पनि यस्तै धैर्यता र निरन्तर प्रयासको विषय भएको उनको भनाइ थियो। यद्यपि, नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको समस्याप्रति आफू संवेदनशील रहेको उनले बताए।

“ग्यासको लाइन देख्दा मलाई निकै पोल्छ। लामो समयदेखिको त्यो समस्या समाधान गर्न नसकेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ। कतिपय ठाउँमा काम गर्न नसकिएको विषय लुकाउनु हुँदैन,” उनले भने।

ढकालले वर्तमान कार्यकालमा सरकार र संसद् दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने बताए। विगतका सबै काम खराब नभएको उल्लेख गर्दै उनले राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार गर्नुपर्नेमा जोड दिए।

उनले मुलुकमा सकारात्मक परिवर्तनका लागि सरकार, संसद् र नागरिकबीचको विश्वास तथा सहकार्य अपरिहार्य रहेको बताए।

– न्युज एजेन्सी नेपाल