२४ श्रावण २०८३, आईतवार
,
Latest
संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार अर्ब ९३ करोड बढी राजस्व संकलन



अ+ अ-

झापा। आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो । रासस