२३ श्रावण २०८३, शनिबार
,
Latest
बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु



अ+ अ-

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । यसैबिच, हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको  छ ।

राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन-३० मा मनसुन सुरु भएदेखि हिमाञ्चल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो । ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । रासस/सिन्ह्वा