११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार

पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार
अ अ+ अ-

अस्टिन, टेक्सास । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोहीको मृत्यु भएको घटनाले पाकिस्तानी हिमालमा आरोही सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। हालै सगरमाथा आरोहण गरेका अमेरिकाको अस्टिन निवासी नेपाली आरोही अमृत परियारले मौसमअनुसार आवश्यक सुरक्षा र उद्धारको व्यवस्था नभए नेपाली आरोहीलाई पाकिस्तानका हिमाल आरोहणमा रोक लगाउनुपर्ने बताएका छन्।

हिमपहिरोमा परी मृत्यु भएका ६ नेपाली र ४ विदेशी आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्न बिहीबार अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा बोल्दै परियारले दुर्घटनापछि करिब १० घण्टासम्म आरोही टोलीसँग सम्पर्क तथा उद्धारको प्रयास नहुनु गम्भीर लापरबाही भएको बताए।

उनले तत्काल उद्धारको प्रयास भएको भए केही आरोहीलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। पाकिस्तानको उद्धार अवस्थालाई नेपालको उदाहरणसँग तुलना गर्दै उनले भने, “नेपालमा मौसमले साथ दिए ३० मिनेटभित्रै उद्धार प्रयास सुरु हुन्छ।”

नेपालका सगरमाथा आरोही तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा पाँच नेपाली शेर्पासहित टेक्सास निवासी एक महिला, एक चिनियाँ, एक ओमानी र एक पाकिस्तानी आरोही ब्रोड पिक आरोहणमा थिए। ८,०४७ मिटर अग्लो ब्रोड पिकको करिब ६,६०० मिटर उचाइमा गएको हिमपहिरोमा परी उनीहरूको मृत्यु भएको थियो।

श्रद्धाञ्जली कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले हिमाली आरोहणमा हिमपहिरो सबैभन्दा ठूलो जोखिममध्ये एक भए पनि समयमै उद्धार र प्रभावकारी सञ्चार प्रणाली भए धेरैको ज्यान जोगाउन सकिने बताए।

“१० घण्टापछि मात्र सम्पर्कको प्रयास हुनु त्यहाँको पर्यटन विभागको गम्भीर कमजोरी हो,” उनले भने। घटनाबारे नेपाल सरकारले आवश्यक छानबिन गर्नुपर्ने उनको माग छ।

छ जना वरिष्ठ नेपाली आरोहीसहित १० जनाको मृत्यु नेपालको पर्वतारोहण क्षेत्रका लागि ठूलो क्षति भएको उल्लेख गर्दै परियारले पाकिस्तानका हिमालमा आरोहीको सुरक्षा सुनिश्चित नभएसम्म नेपालीलाई त्यहाँ आरोहण गर्न नदिनुपर्ने धारणा राखे।

उनले मृतक आरोहीहरूको योगदानको सम्मानस्वरूप नेपालका ६ हजार मिटरभन्दा अग्ला कुनै हिमालको नाम उनीहरूको नाममा राख्न वा सगरमाथा आधार शिविरमा उनीहरूको शालिक निर्माण गर्नसमेत सरकारसँग आग्रह गरे।

‘ग्रेटर अस्टिन नेपाली समाज’ले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा समाजका अध्यक्ष पदम ठकुराठीले मृतक नेपाली आरोहीहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरे।