२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जना फरार प्रतिवादी पक्राउ



अ+ अ-

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।

चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीबाट रु नौ हजार ६०० जरिवाना रकम असुलउपर हुने उहाँको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ ।

गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए । रासस