२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी



अ+ अ-

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले देशभर नियमित माग धान्न सक्ने परिमाणमा खाना पकाउने एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गर्नुभएको छ। पूर्ण सिलिन्डर वितरण प्रणाली लागू भएपछि साउन महिनादेखि ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता देखिएको उहाँले बताउनुभयो।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गर्दै आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयले कूटनीतिक पहललाई निरन्तरता दिएका छन्। भारतबाट ग्यास आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहलसमेत गरिएको उहाँले बताउनुभयो।

मन्त्री कुमारीले कालोबजारी तथा कृत्रिम अभाव रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको बताउनुभयो। साथै नेपाल आयल निगम र ग्यास उद्योगीबीचको समन्वयमा ग्यास आयात, भण्डारण र वितरण प्रणालीलाई पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका कार्य पनि सुरु गरिएको उहाँको भनाइ छ।

हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री कुमारीले ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको बताउनुभयो। दैनिक फिलिङ क्षमता करिब १ करोड ७५ लाख ग्यास सिलिन्डर बराबर रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नेपाल आयल निगमले क्विक रिस्पोन्स टिम गठन गरी ग्यास नपाएको उजुरीको शीघ्र व्यवस्थापन गर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो।