२२ श्रावण २०८३, शुक्रबार
,
Latest
हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलनको घोषणा पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र समन्वय अभावप्रति रास्वपा सांसदहरूको आपत्ति, नीतिगत सुधारको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी



अ+ अ-

काठमाडाैँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य वाधक बनेको बताउनुभएको छ ।

शुक्रवार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिनुभएको हो ।

महानिर्देशक जैसीकाअनुसार सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन ।

आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विद्युत प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताउनु भयो । पोल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उहाँको भनाइ छ । उहाँले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिने र जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काममा ढिलाइ भएको उल्लेख गर्नुभयो ।

सडकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल जस्ता महत्वपूर्ण सडक खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताउनु भयो ।

पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलोपटक नयाँ प्रविधि (एक्स्ट्राडोज) बाट निर्माण भइरहेकाले केही समय लागे पनि काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । सडक विस्तारमा हुने ढिलाइले सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको प्रति विभाग गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तिब्रता दिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।