२२ श्रावण २०८३, शुक्रबार
,
Latest
हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलनको घोषणा पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र समन्वय अभावप्रति रास्वपा सांसदहरूको आपत्ति, नीतिगत सुधारको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय



अ+ अ-

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले देशभर सञ्चालनमा रहेका सडक विस्तार आयोजनालाई सहयोग पुर्‍याउन विद्युतीय पोल स्थानान्तरणको काम तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म सडक विस्तारमा अवरोध बनेका पोलमध्ये ८० देखि ९० प्रतिशतभन्दा बढी स्थानान्तरण सम्पन्न भइसकेको छ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अधिकांश मुख्य सडक क्षेत्रमा पोल सार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार काठमाडौं–पोखरा सडकखण्डलगायतका प्रमुख आयोजनामा अधिकांश पोल स्थानान्तरण भइसकेका छन् भने केही स्थानमा पुराना पोल हटाउने काम मात्र बाँकी छ।

निर्देशक श्रेष्ठले कतिपय स्थानमा जमिनको सतह नमिल्दा तार भुइँसम्म झर्ने जोखिम हुने भएकाले पोल सार्ने काममा केही ढिलाइ भएको बताए। यस्ता स्थानमा सडक विभागसँग समन्वय गरी सातै प्रदेशका कार्यालयमार्फत काम अघि बढाइएको उनले जानकारी दिए।

मुख्य ठेकेदारबाट काममा ढिलाइ भए पनि केही पोलका कारण सडक विस्तारको काम नरोकियोस् भन्ने उद्देश्यले आवश्यक परे प्राधिकरणले आफ्नै ठेकेदार परिचालन गरेर काम अघि बढाउने निर्देशन दिइएको श्रेष्ठले बताए।

तराईका जिल्लामा गर्मीको समयमा पटक–पटक विद्युत् आपूर्ति बन्द गर्दा उपभोक्ता प्रभावित हुने भएकाले नयाँ कार्यनीति अपनाइएको उनले बताए। उनका अनुसार एक वा दुईवटा पोलका लागि बारम्बार ‘शटडाउन’ नगरी सम्बन्धित सडकखण्डको सम्पूर्ण तयारी भएपछि एकैपटक लाइन बन्द गरेर सबै पोल स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ।

श्रेष्ठले ११ केभीका पोल स्थानान्तरणको काम टावर सरह जटिल नभएकाले प्राविधिक टोलीले छोटो समयमै काम सम्पन्न गर्न सक्ने दाबी गरे। साथै, कुनै स्थानमा पोलकै कारण सडक निर्माण अवरुद्ध भएको पाइए त्यसलाई प्राथमिकताका साथ तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।