२२ श्रावण २०८३, शुक्रबार
,
Latest
रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिलिङ संस्कारको विकास गर्न ‘नेसनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गर्नुभएको छ ।

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नु र हरेक आर्थिक गतिविधिलाई पारदर्शी बनाउनु रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो ।

विगतमा आन्तरिक राजश्व विभागले म्यानुअल पद्धतिबाट यस्ता अभ्यास गरे पनि हाल आधुनिक प्रविधिको प्रयोग गरी ‘क्रिप्टोग्राफिक’ र ‘¥याण्डम सेलेक्सन’ विधि अपनाइएको उहाँले बताउनु भयो । हालसम्म फोन–पे लगायतका डिजिटल माध्यमबाट भएका ७६ अर्ब रुपैयाँ बराबरका करिव २ करोडभन्दा बढी कारोबारहरू यस प्रणालीमा स्वतः आबद्ध भइसकेका छन् । आगामी दिनमा यो संख्या र रकममा उल्लेख्य वृद्धि हुने सरकारको अपेक्षा छ ।

अर्थमन्त्री वाग्लेले राजश्व चुहावट नियन्त्रण गर्न र अपारदर्शी करको जालोभन्दा बाहिर रहेका क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याउन यो योजना कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । चालु आर्थिक वर्षका लागि सरकारले निर्धारण गरेको १५८० अर्ब रुपैयाँको महत्वाकांक्षी राजश्व लक्ष्य भेट्टाउन यस्ता स्किमले करको दायरा फराकिलो बनाउन मद्दत पुग्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘डिजिटल युगमा हरेक कारोबार रेकर्डेड र ट्रेस गर्न सकिने हुनुपर्छ । उपभोक्ताबाट संकलित कर र त्यसको खर्चमा पारदर्शिता कायम गर्ने सार्वजनिक वित्तको शाश्वत सिद्धान्त अनुरूप हामीले यो कदम चालेका हौं । हामी तत्काल दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा छौँ । नक्कली कारोबार गर्ने वा बिल नकाट्नेहरूलाई ‘फ्रेण्डली रिमाइण्डर’ र ’फ्रेन्डली भिजिट’ मार्फत औपचारिक अर्थतन्त्रको अंशियार बन्न उत्प्रेरित गरिनेछ ।’

ताइवान, पूर्वी युरोप र दक्षिण पूर्वी एशियाली मुलुकका सफल अभ्यासहरूबाट प्रेरणा लिएर नेपालको परिवेश सुहाउँदो ढंगले यो कार्यक्रम ल्याइएको उहाँले उल्लेख गर्नुभयो । यस कार्यक्रमको प्रचार–प्रसार गरी देशभर बिल लिने र दिने संस्कृतिको विकास गर्न अर्थमन्त्रीले सञ्चारकर्मीहरूलाई आग्रह समेत गर्नुभयो । शुरुवाती चरणमा प्रोत्साहनमा केन्द्रित रहे पनि भविष्यमा कानूनको प्रभावकारी कार्यान्वयन (इन्फोर्समेन्ट) तर्फ अघि बढ्ने सरकारको योजना छ ।