२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश



अ+ अ-

कुवेत सिटी। कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन् ।

शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो । यो आदेश मध्यपूर्व युद्धका क्रममा इरानले कुबेतमा बारम्बार आक्रमण गरेपछि आएको हो ।

मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन । यद्यपि युएईमा युद्ध सुरु हुँदा अधिकारीहरूले इरानी सरकारसँग सम्बन्धित ठानेका विद्यालय र अस्पतालविरुद्ध यस्तै कदम चालिएको थियो । खाडी मुलुकले द्वन्द्वका क्रममा तेहरानको आक्रमणको मुख्य भार बेहोरेका छन् ।

अमेरिका र इरानबिचको युद्धविराम भङ्ग भएपछि पछिल्ला हप्तामा कुवेत र बहराइन विशेषरूपमा प्रभावित भएका छन् । कुवेतमा विद्युत र ‘डिसेलिनेसन’ प्लान्टमा बारम्बार आक्रमण भएपछि अधिकारीहरूले गत महिना बासिन्दालाई बिजुलीको बचत गर्न आग्रह गरेका थिए ।

“शिक्षामन्त्रीले निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्द गरी बन्द गर्ने निर्णय जारी गर्नुभएको छ,” एएफपीले पूाप्त गरेको विद्यालय बन्द गर्न दिइएको निर्णयको लेखिएको छ ।

“आगामी शैक्षिक वर्षका लागि नयाँ भर्ना स्थगित गरिएको छ र मन्त्रालयले अभिभावकलाई आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ,” निर्णयमा भनिएको छ ।

कुबेती कर्मचारी तथा इरानी समुदायका सदस्यका अनुसार मार्चमा युएईले दुबईमा रहेको इरानसँग सम्बन्धित एक अस्पताल बन्द गर्न आदेश दिएको थियो र कम्तीमा चार इरानी विद्यालय पनि बन्द गरिएका थिए ।

“इरानी शासन र आइआरजीसीसँग प्रत्यक्षरूपमा सम्बन्धित केही संस्था लक्षित कदमअन्तर्गत केही संस्था बन्द गरिने छन्,” युएईका एक अधिकारीले त्यति बेला एएफपीलाई बताउनुभएको थियो । तिनीहरूले युएईका कानुन उल्लङ्घन गरेको पाइएको बताइएको थियो । रासस/एएफपी