२१ श्रावण २०८३, बिहीबार
,
Latest
जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता



अ+ अ-

काबुल । पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दी अफगानिस्तान फर्किएको जनाइएको छ ।

शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम टोलोन्युजले बिहीबार यो जानकारी सम्प्रेषण गरेको हो ।

पाकिस्तानी हिरासतबाट मुक्त भए पछि उनीहरू तोरखम र स्पिन बोल्दाक  सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

स्वदेश फर्कनेमा विभिन्न कारणले फरक–फरक अवधिसम्म पाकिस्तानका कारगारमा  राखिएका परिवार, बालबालिका तथा एकल व्यक्ति रहेको जनाइएको छ ।

स्वदेश फर्किएकालाई उनीहरूको गृह क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न साझेदार संस्थाबाट अत्यावाश्यक तथा आधारभुरत सहयोग उपलब्ध गराइएको जनाइएको छ । रासस/सिन्ह्वा