१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध



अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते हुनुभएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रशासनले सार्वजनिक अपिल जारी गर्दै काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

उक्त घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्णरूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ ।

कार्यालयले यस शोकको घडीमा परिवेशलाई थप नबिथोली संयम र सहिष्णुता कायम गर्न र धैर्यता साथ रहन सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गरेको छ ।रासस