७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा

दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले दैलेखमा रहेको ग्यास खानी उत्खनन तथा सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग गर्नुभएको छ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यास आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै सांसद रानाले ग्यासको दीगो व्यवस्थापनका लागि दैलेखको ग्यास खानी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो।

उहाँले मुलुकमा ग्यास अभाव भइरहेका बेला दैलेखको ग्यास खानीले सरकारलाई नै गिज्याइरहेको टिप्पणी गर्नुभयो। दैलेखमा झण्डै ११२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख गर्दै उहाँले उक्त खानी सञ्चालनमा ल्याउन सके ५० देखि ६० वर्षसम्म ग्यास आपूर्ति गर्न सकिने बताउनुभयो।

सांसद रानाले सरकारले ग्यास आपूर्ति व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाउन नसक्दा बजारमा अभाव सिर्जना भएको आरोप लगाउनुभयो। नेपाल आयल निगमले समस्या समाधान गर्नुभन्दा सूचना जारी गर्ने काममा मात्रै सीमित भएको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, ‘जनताको घरमा ग्यास छ कि छैन भन्ने कुरा मुख्य हो। ग्यास कतै छ भनेर मात्रै हुँदैन, उपभोक्ताको भान्सासम्म ग्यास पुगेको छ कि छैन भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ।’

सांसद रानाले नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भए पनि ६० हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति भएको भनिएको अवस्थामा बाँकी करिब १३ हजार मेट्रिक टन ग्यास कहाँ गयो भन्दै प्रश्न गर्नुभयो। बजार अनुगमन र ग्यासको ट्रयाकिङ प्रणाली कमजोर हुँदा कृत्रिम अभाव सिर्जना भएको हुनसक्ने उहाँले बताउनुभयो।

ग्यास अभावका विषयमा पटक–पटक छलफल भए पनि समस्या समाधान हुन नसकेको भन्दै उहाँले अब छलफलभन्दा समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो। १५ दिनका लागि भनिएको आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था चार महिनासम्म लम्बिएको र अहिले पुनः कृत्रिम अभाव देखिएको उहाँको भनाइ थियो।

दीर्घकालीन ऊर्जा सुरक्षाका लागि वैकल्पिक स्रोतमा लगानी गर्नुपर्नेमा जोड दिँदै सांसद रानाले दैलेखको ग्यास खानीको उपयोगका लागि तत्काल योजना अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले ग्यास आपूर्तिको दिगो व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा स्रोतको विकास र लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।