१९ श्रावण २०८३, मंगलवार
,
Latest
गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन



अ+ अ-

काठमाडाैँ । सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन देखियो । सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फछ्र्योट गर्न सकेन ।

न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए ।

अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो ।

सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको राससलाई जानकारी दिनुभयो ।