२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रण गर्न कांग्रेसले चाल्यो यस्तो कदम, जनतालाई राहत



अ+ अ-

डढेल्धुरा । नेपाली काङ्ग्रेस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ ।

डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो ।

तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् । डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहौँ भन्दै र्याली निकालिएको काङ्ग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।

डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ ।

यस्तै एक जना बझाङ्ग र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेङ्गीको सङ्क्रमण देखिएको अस्पतालका मेसु डा जीतेन्द्र कँडेलले बताउनुभयो । डडेल्धुरामा डेङ्गु रोग भन्दा पनि स्क्रवटाईफसको सङ्क्रमण बढी फैलिएको छ । पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताउनुभयो ।

काङ्ग्रेसको सचेतना र्यालीमा राष्ट्रिय जागरण अभियानमा खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्लास्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजीवी समाजसेवीको सहभागिता थियो ।