७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान

विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान
अ+ अ-

काठमाडौँ। ‘ठाँटी मिडिया प्रालि’को तेस्रो वार्षिकोत्सवका अवसरमा आज विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई ‘ठाँटी मिडिया सम्मान–२०८३’ प्रदान गरिएको छ ।

कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेललाई प्रालिका प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टबाट र अन्यलाई खरेलबाट सम्मान प्रदान गरियो ।

सम्मानित हुनेमा साहित्यकारहरु सरस्वती ज्ञवाली, शोभा अधिकारी, बैङ्कर सुनील केसी, धर्मपाल गुरु वशिष्ट, शिक्षासेवी गोपीकृष्ण न्यौपाने र मथुरा थापा, अधिवक्ताहरु कुमारप्रसाद भट्टराई र लीलादेवी धमला, समाजसेवीहरु माता सुमी मानव र समाजसेवी लक्ष्मी बस्नेत, राससका पत्रकार प्रकाश सिलवाल, श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेल र युवा उद्यमी राजु गौतम हुनुहुन्थ्यो ।

यस्तै नेपाल–भारत उद्योग वाणिज्य सङ्घका निर्देशक मार्सल राठौर, ‘इट फिट’ नामक घरेलु खाद्यान्न उत्पादक कम्पनीका अध्यक्ष रजिना भट्टराई, नौमती वाद्यवादक कृष्ण दर्जी, सिग्मा प्राइम इन्भेष्टमेन्टका सञ्चालक विष्णुप्रसाद ढकाल, गीताञ्जली कलेजका प्राचार्य वेदप्रसाद पन्त, चलचित्र फोटोग्राफर रेखा लामिछानेलगायतलाई पनि सम्मान प्रदान गरियो ।

पूर्वडिआइइजी एवं समाजसेवी खरेलले जस्तोसुकै कठिन घडीमा पनि सत्यका पक्षमा कलम चलाउन नछाड्न आग्रह गर्दै मुलुकमा हालै देखिएका सामाजिक सद्भाव भड्कन सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक सद्भाव, शान्ति र समृद्धिका लागि सबैले आफ्नो ठाउँबाट इमानदार प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पञ्चेबाजा, साकेला नृत्यलगायत सांस्कृतिक प्रस्तुति र गजल वाचनसमेत गरिएको थियो । सो प्रालिले ‘ठाँटी खबर’ ‘अनलाइन’ सञ्चालन गर्दै आएको छ । रासस