७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल

प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
अ+ अ-

काठमाडौँ।  सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आधुनिक प्रविधि र जलवायु परिवर्तनका कारण मानव अधिकारको क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले हिंसाको स्वरूप परिवर्तन भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले हिंसा सधैँ शरीरमा देखिने नील डाममा मात्र सिमित नहुने उल्लेख गर्दै अहिले मोबाइल, कम्प्युटर, विभेदकारी तथ्याङ्क र एल्गोरिदमभित्र लुकेका डिजिटल हिंसाहरू बढ्दै गएको बताउनु भयो ।

आर्टिफिसियल इन्टेलिजेन्स, बायोमेट्रिक्स, अनुहार पहिचान र व्यापक तथ्याङ्क सङ्कलन जस्ता प्रविधिले मानिसलाई सुविधा दिएपनि यसले गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, समानता र मानवीय स्वायत्ततामा नयाँ प्रश्नहरू जन्माएको उहाँको तर्क छ ।

प्रविधिको विरोध समाधान नभएको स्पष्ट पार्दै उहाँले प्रविधिलाई पारदर्शी, मानवीय निगरानीमा आधारित र स्पष्ट जवाफदेहीतासहित मानव गरिमाको सेवामा लगाउनुपर्नेमा जोड दिनुभयो । डिजिटल सुरक्षाका नाममा अभिव्यक्ति स्वतन्त्रता दबाउन नहुने भन्दै उहाँले पीडितका लागि प्रभावकारी उजुरी संयन्त्र, प्लेटफर्मको जवाफदेहीता र डिजिटल साक्षरता नै आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिंसाले सधैँ शरीरमा नीलडाम छोड्दैन । कतिपय हिंसा मोबाइल, कम्प्युटर, विभेद, तथ्याङ्क र एल्गोरिदमभित्र लुकेर देखापरिरहेका छन् । कृत्रिम बुद्धिमत्ता, बायोमेट्रिक्स, अनुहार पहिचान, व्यापक तथ्याङ्क सङ्कलन र डिजिटल निगरानीले सुविधा दिएका छन्, तर गोपनीयता, अभिव्यक्ति, समानता र मानवीय स्वायत्तताबारे नयाँ प्रश्नहरू पनि जन्माएका छन् । यदि कुनै स्वचालित प्रणालीले रोजगारी, सामाजिक सुविधा वा न्यायसँग सम्बन्धित निर्णयमा पुराना पूर्वाग्रह दोहो¥यायो भने त्यसको जिम्मेवारी कसले लिने ? इन्टरनेट बन्द गर्ने, जासुसी प्रविधिबाट पत्रकार वा मानवअधिकार रक्षकमाथि निगरानी गर्ने तथा डिजिटल दुष्प्रचारमार्फत सार्वजनिक विश्वास कमजोर बनाउने प्रवृत्तिलाई कसरी सम्बोधन गर्ने ? तर प्रविधिको विरोध समाधान होइन । प्रविधिलाई पारदर्शी बनाउने, मानवीय निगरानीभित्र राख्ने र स्पष्ट जवाफदेहितासहित मानव गरिमाको सेवामा प्रयोग गर्ने नै आजको समाधान हो । डिजिटल सुरक्षाको नाममा अभिव्यक्ति दबाउने होइन, पीडितलाई छिटो उपचार, प्रभावकारी उजुरी संयन्त्र, प्लेटफर्मको जवाफदेहिता र डिजिटल साक्षरताको व्यवस्था गर्नु आजको आवश्यकता हो । अर्को चुनौती जलवायु संकट हो, जसको असर मानवअधिकारसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । आज हिमालका छोराछोरी हिमपहिरोमा हराइरहेका छन् । यो पनि जलवायु संकटकै एउटा गम्भीर परिणाम हो। त्यसैले हामीले अदालतमा बारम्बार उठाउँदै आएको विषय के हो भने, हामी केवल प्रकृतिमाथिको हाम्रो अधिकारको मात्र होइन, प्रकृतिको अधिकारको पनि कुरा गर्छौं । प्रकृतिको पनि आत्मसम्मान छ, त्यसका आफ्नै सीमाहरू छन्, र तिनको संरक्षण गर्नुपर्छ । साथै, विभिन्न दृष्टिकोणबाट ग्लोवल वार्मिङलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा पनि निरन्तर काम गरिरहेका छौँ ।’

न्यायाधीश मल्लले जलवायु संकटलाई मानव अधिकारको अर्को ठूलो चुनौतीका रूपमा चित्रण गर्नुभयो । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमपहिरो जाने र मानवीय क्षति हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले अब ‘प्रकृतिको अधिकार’ का बारेमा सोच्नुपर्ने बेला आएको बताउनु भयो ।

प्रकृतिका पनि आफ्ना सीमाहरू हुने उल्लेख गर्दै उहाँले विभिन्न दृष्टिकोणबाट विश्वव्यापी तापमान वृद्धि (ग्लोवल वार्मिङ) न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल