७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

आज बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षास्थिति र विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उहाँले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताउनुभो । मुख्यमन्त्री शाहले सुनसरीसहित तराई-मधेसका जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिममा पर्नसक्ने सम्भावित जोखिमबारे सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने÷गराउने सम्बन्धमा सक्रिय हुन सबैलाई निर्देशन दिनुभयो ।

बैठकमा सामाजिक सद्भावका लागि सार्वजनिक अपिल र सबै जिल्लामा सद्भाव ¥यालीको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने विषयमा सूचित गरिइएको बारे मुख्यमन्त्रीलाई जानकारी दिइएको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमले जानकारी दिनुभयो ।

“सामाजिक सद्भावविरोधी क्रियाकलापले यस प्रदेशमा पार्ने प्रभाव, शान्ति सुरक्षाको अवस्थाबारे पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायबाट पूर्वसर्तकता अपनाउन आवश्यक छ”, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “यसका साथै मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्यानमा राखी विपद् व्यवस्थापन, प्रतिकार्यलगायत कामका लागि तयारी अवस्थामा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।”

बैठकमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका प्रदर्शनका साथै मनसुनका कारण हुनसक्ने विपद्का बहुआयामिक चुनौतीबारे छलफल गरिएको थियो । बैठकले सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नका लागि अपिलसमेत गरेको छ ।

बैठकमा प्रमुखसचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीका बहिनीपति दिगविजय सुवेदीलगायतको उपस्थिति थियो । रासस