७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा

काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा
अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।

शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो ।

आयोजक समितिमा पार्टीका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रिय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन् ।

यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय भेलाका सन्दर्भमा हालसम्म गरिएका केही विवरणहरू म यहाँहरूबीच राख्नेछु । राष्ट्रिय भेला मूल आयोजक समिति गठन भएको छ र यसमा ५५१ सदस्य रहने व्यवस्था गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिमा रहने साथीहरूको सम्पूर्ण नामावली तयार गर्न समय लाग्ने भएकाले मैले उहाँहरूलाई पदीय हिसावले पदेन सदस्यका रूपमा समेटेको छु । यसमा १४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरू, जिल्ला कार्यसमितिका सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारीहरू, महानगर तथा नगर कार्यसमितिका सभापतिहरू, संघीय सांसद तथा प्रदेश सांसदहरू, पूर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरू, भ्रातृ संघका केन्द्रीय प्रमुखहरू र शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरू रहनेछन् ।राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएका छन् । जसमा समसामयिक राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, नेपाली काँग्रेसको आर्थिक नीति तथा समृद्धिसँग सम्बन्धित आर्थिक नीति तयारी समिति, प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति रहेका छन् । यसरी मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएका छन् । यी समितिहरूको प्रमुख तथा सदस्यहरूको टुंगो यथाशीघ्र केन्द्रिय कार्यसमितिको बैठकबाट लगाई पूर्णता दिइनेछ ।’

मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रिय कार्यसमितिको बैठकबाट यथाशिघ्र टुंगो लगाइने विश्वकर्माले बताउनु भयो । –न्युज एजेन्सी नेपाल