३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती

भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो । उहाँले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेटलगायतका प्रकरणमा एमालेलाई अनावश्यक रूपमा मुछिएको जिकिर गर्नुभयो ।

आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ भन्दै उहाँले कतिपय विषयमा नीतिगत निर्णय मात्र भएको र कतिपयमा नीति निर्माणको प्रक्रिया समेत सुरु नभएको अवस्थामा पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो ।

महासचिव पोखरेलले एमाले अहिले सरकारमा नरहेको भन्दै आरोप पुष्टि गर्न सरकारलाई चुनौती दिनुभयो । प्रमाण भए कानुनअनुसार कारबाही गर्न आफ्नो पार्टीलाई कुनै आपत्ति नरहेको उहाँको भनाइ थियो ।

उहाँले राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेताहरूलाई दुःख दिने काम भइरहेको आरोप लगाउँदै पार्टी अध्यक्षलाई १३ दिन र उपाध्यक्ष विष्णु पौडेललाई २५ दिन हिरासतमा राखिए पनि कुनै प्रमाण जुटाउन नसकिएको र मुद्दा दर्ता हुन नसकेको दाबी गर्नुभयो ।

‘हामीले गल्ती गरेका कारण होइन, राजनीतिक आरोपका कारण बदनाम हुने प्रयास भएको हो । आरोप धेरै लगाइए पनि प्रमाणित हुन सकेका छैनन्,’ उहाँले भन्नुभयो, ‘अहिले सरकार उनीहरूकै भएकाले यदि प्रमाण छ भने कानुनी कारबाही गरेर देखाउन सक्नुपर्छ ।’

महासचिव पोखरेलले व्यक्तिगत रूपमा कुनै नेता–कार्यकर्तामा कमजोरी हुन सक्ने भए पनि समग्रमा एमाले इमानदार कार्यकर्ताहरू भएको पार्टी रहेको दाबी गर्नुभयो । गल्ती गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने पक्षमा एमाले रहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालका राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा बढी इमानदार नेता तथा कार्यकर्ता रहेको दाबी गर्दै उहाँले सुशासन र जवाफदेहिताको प्रश्नमा पार्टी जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताउनुभयो ।

महासचिव पोखरेलले एमालेका नेता तथा कार्यकर्तालाई पार्टीको स्वच्छ छवि र सुशासनप्रतिको प्रतिबद्धता लिएर जनतामाझ जानसमेत आग्रह गर्नुभयो।