१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।

परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ ।

परिसङ्घले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार र पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति दुःख र चिन्ता व्यक्त गर्दै आमनागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न समाजका विभिन्न सङ्घ संस्था, निजी क्षेत्र तथा नेपाल उद्योग परिसङ्घका प्रदेश र जिल्ला शाखालाई शान्ति र सद्भाव प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय सहयोग गर्न पनि आह्वान गरिएको छ । रासस