१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित



अ+ अ-

झापा। सर्वोच्च अदालतको आदेशपछि बिर्तामोड नगरपालिकाले सडक विस्तारअन्तर्गत संरचना हटाउने तथा भत्काउने काम हालका लागि स्थगित गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार उक्त मुद्दामा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म पूर्वप्रकाशित सूचनाअनुसार संरचना हटाउने कार्य रोकिएको जानकारी दिनुभएको हो ।

नगरपालिकाले गत जेठ २७ गते पहिलो पटक ३५ दिने र साउन ४ गते दोस्रो पटक १५ दिने अन्तिम म्यादसहितको सूचना प्रकाशित गर्दै सडक क्षेत्राधिकारभित्र रहेका अस्थायी तथा स्थायी संरचना हटाउन आग्रह गरेको थियो । त्यसक्रममा सडक क्षेत्रभित्र परेका संरचनाको नापजाँचसमेत सम्पन्न गरिएको थियो ।

नगरपालिकाको उक्त निर्णयविरुद्ध बिर्तामोड नगरपालिका-५ का ११ जना स्थानीयले संयुक्त रूपमा दीपप्रशुन सुवेदीलाई वारेस नियुक्त गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार ३१ गते उत्प्रेषणको आदेश जारी गरेपछि नगरपालिकाले अदालतको अन्तिम फैसला नआएसम्म सडक विस्तारसम्बन्धी संरचना हटाउने कार्य स्थगित गर्ने निर्णय गरेको हो ।  रासस