७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
अ+ अ-

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ ।

सङ्ख्या बढ्दै जाँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चुनौती थपिएको छ। सङ्ख्या बढेसँगै बाघ बस्तीतर्फ आउने र मानवीय आक्रमण हुनसक्ने चिन्ता थपिएको छ ।

यसरी मानव बस्तीमा आउने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ ।

पूर्ववत् अवस्थामा फर्किन सक्नेलाई पुनःजङ्गलमा छोडिन्छ भने कतिपय बुढो भएर खोरमा मर्ने अवस्था आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जमा अहिले चार भाले र दुई पोथी गरी छ वटा बाघ खोरमा छन् । मुख्यालय कसरामा दुई, भरतपुरको देवनगरमा दुई र सौराहामा दुई वटा बाघ खोरमा रहेका उहाँले जानकारी दिनुभयो ।

“तिनीहरूलाई उद्धार गरेर खोरमा राखिएको हो। अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो। एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो”, उहाँले भन्नुभयो ।

निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी नरहेको बताउँदै सूचना अधिकारी थापामगरले एउटा पुरानो जीर्ण खोरमात्र बाँकी रहेकाले उक्त खोरमा बाघ राख्न मिल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

यो खोरलाई मर्मत गरेर तयारी अवस्थामा राख्नुपर्ने भन्दै उहाँले थप समस्याग्रस्त बाघ आएमा राख्ने ठाउँ व्यवस्थापनमा समस्या हुने जानकारी दिनुभयो ।

घाइते र समस्याग्रस्त वन्यजन्तु राख्न निकुञ्जले देवनगरमा ठाउँ बनाएको छ। खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्तीलगायत वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।

यहाँ रहेका दुई वटा बाघ निकुञ्ज घुम्न आउने पर्यटक र अन्य स्थानीय हेर्न आउने गर्दछन्। निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ । रासस