१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता



अ+ अ-

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल बिच उज्यालो काठमाडौँसहित अन्तरसम्बन्धित कार्यक्रम कार्यान्वयन गर्न समन्वय तथा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

आज मन्त्रालयमा उहाँहरुका बिच भएको भेटघाट र कुराकानीका क्रममा सम्पदा क्षेत्रमा राखिने बत्ती तथा प्रकाश व्यवस्थापनको मापदण्ड तयार पार्न मन्त्रालय र महानगरपालिकाको संयुक्त टोलीलाई काम गराउने सहमति भएको छ ।

त्यस क्रममा काठमाडौँको घट्दो भूमिगत पानीको सतहलाई तथ्यका आधारमा पुनःभरण गर्ने अभियान, जैविक फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रम (वेष्ट टु इनर्जी) का लागि यसै वर्ष नमूना परियोजना कार्यान्वयनमा ल्याउने, विद्युत प्राधिकरण र महानगरपालिका बिचको बक्यौता सम्बन्धी उल्झनलाई वैज्ञानिक समाधान गर्ने, उर्जा र सहरी व्यवस्थापनका आपसी दायित्वमा सहकार्य गर्ने लगायत विषयमा कुराकानी भएको हो ।