७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा
फाइल फोटो
अ+ अ-

जनकपुरधाम। सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् ।

रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् ।

गौशाला नगरपालिका १ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र नकटाझिज धनुषाले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरेको थियो । उक्त ट्रान्सफर्मरबाट डिप बोरिङमार्फत करिब १५–१६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो ।

उहाँले ट्रान्सफर्मर चोरी भएपछि धानबाली लगाउने समयमा सिँचाइको समस्या भएको बताउनुभयो । “गत २०८२ चैत ३० गते ट्रान्सफर्मर चोरी भएको विषयमा स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइसकेका छौं,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म चोरी भएको ट्रान्सफर्मर फेला परेको छैन, नयाँ ट्रान्सफर्मर पनि जडान हुन सकेको छैन ।”

उहाँका अनुसार ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म व्यवस्था हुन सकेको छैन । यसबाट किसानहरूलाई वैकल्पिक सिँचाइका उपाय खोज्न बाध्य बनाएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियैतले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्ला पाँच वर्षमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भएका छन् । तीमध्ये सबैभन्दा धेरै महोत्तरी जिल्लाबाट २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएको तथ्यांक रहेको उहाँले जानकारी दिनुभयो ।

चोरी भएका ट्रान्सफर्मरहरूको विवरण सङ्कलन गरी आवश्यक खोजतलास तथा अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको प्रमुख कुसियैतले बताउनुभयो ।

ट्रान्सफर्मर भित्रको तामाको क्वाइल तार बजारमा महंगो मूल्यमा बिक्री हुने भएकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय भएको प्रमुख कुसियैतको भनाई छ । ट्रान्सफर्मर चोरीका घटनाले कृषिमा प्रत्यक्ष असर पारिरहेको भन्दै स्थानीय किसानहरूले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । रासस