७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सामाजिक सद्भाव कायम गर्न आग्रह

सामाजिक सद्भाव कायम गर्न आग्रह
अ+ अ-

जनकपुरधाम। आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न जिल्लामा आवश्यकताअनुसार स्थायी संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने, निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र उत्तेजना फैलाउने गतिविधिमाथि निगरानी बढाउने, संलग्न व्यक्तिहरूको विवरण सङ्कलन गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय गर्दै जिल्लाका सबै स्थानीय तहलाई राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक आस्थाका व्यक्तिहरूको सहभागितामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले सामाजिक सद्भाव कायम राख्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा अफवाह फैलाउनेमाथि निगरानी बढाउने समेत निर्णय गरेको छ ।

प्रजिअ पौडेलका अनुसार बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सिरहा जिल्लामा पछिल्लो समय डिजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको, विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको र सामाजिक वातावरण प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले मापदण्डविपरीतका डिजे तथा चर्को आवाज प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको निर्णयपत्रमा सामाजिक एकता, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरिएको छ । रासस