७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता
अ+ अ-

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच अपि–साइपाल तथा कञ्चनजङ्घा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको हो । नेपाल पर्यटन बोर्डमा आज नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरणबाबु पुनले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।

उक्त सम्झौताअनुसार २०८३ साउनदेखि २०८३ पुस १४ गतेसम्म परियोजना कार्यान्वयनको समयवाधि तय गरिएको छ । परियोजनाअन्तर्गत ‘अपि–साइपाल र कञ्चनजङ्घा पदमार्गका प्रदर्शन लागि सांस्कृतिक प्याकेज विकास’ कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारका रूपमा सञ्चालन गर्नेछ ।

सम्झौताअन्तर्गत अपि–साइपाल र कञ्चनजङ्घा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्तिको परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमूना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुतिको विकास गरिनेछ । यसका अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

परियोजनामा फरक क्षमता भएका व्यक्तिहरूका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रम समेत समावेश गरिएको छ । साथै अपि, मनास्लु र कञ्चनजङ्घा क्षेत्रका सांस्कृतिक समूहबीच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्झौतापछि बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले नेपालका हिमाली पदमार्गहरू प्राकृतिक सौन्दर्यका मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको उल्लेख गर्दै यस सहकार्यले पर्यटनलाई स्थानीय संस्कृतिसँग जोडेर नयाँ अनुभव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“पर्यटकलाई हिमालसँगै स्थानीय संस्कृति, कला र जीवनशैलीको प्रामाणिक अनुभव प्रदान गर्नु दिगो पर्यटनको आधार हो, सांस्कृतिक संस्थानसँगको यो सहकार्यले अपि–साइपाल, कञ्चनजङ्घालगायतका गन्तव्यमा सांस्कृतिक पर्यटनको नयाँ आयाम थप्नुका साथै स्थानीय कलाकारका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो ।

परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादनको विविधीकरण गरी नेपालका नयाँ गन्तव्यलाई अन्तरराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । रासस