१३ श्रावण २०८३, बुधबार
,
Latest
अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल



अ+ अ-

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शिक्षा क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुभएको छ।

बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने, शिक्षक तथा कर्मचारी व्यवस्थापन सुदृढ गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उपायबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा प्रारम्भिक बालविकास (ईसीडी) कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, विद्यालय तहमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम तथा योजना सञ्चालन गर्ने विषयमा समेत विशेष जोड दिइएको थियो।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय, समावेशी र विद्यार्थीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानाध्यापकहरूबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रम निर्माणमा समेटिने बताउनुभएको मन्त्रालयले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार