८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस
अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सुरक्षित मातृत्व र लैङ्गिक भूमिकालाई अझ प्रभावकारी बनाउन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा संशोधन गर्न आवश्यक भएकाले संशोधनका लागि सरकारलाई सिफारिससहित पत्राचार गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आजको बैठकबाट निर्णय भएबमोजिम उक्त ऐन संशोधनका लागि आयोगबाट सरकारलाई पत्राचार गरिएको र प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा समेत पठाइएको जानकारी दिनुभयो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा विशेष प्रबन्ध गर्न सक्नेः (१) प्रचलित कानुनबमोजिम कारागारमा रहेका कैदीबन्दी वा हिरासतमा रहेका थुनुवा महिलाको यस ऐनबमोजिमको अधिकार प्रचलनका लागि सरकारले विशेष प्रबन्ध गर्न सक्नेछ त्यस्तै, (२) उपदफा १ बमोजिमको विशेष प्रबन्धसम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।

ऐनको दफा १३ (५) – सरकारी, गैरसरकारी वा निजी सङ्घसंस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको पैँतालीस (४५) दिन प्रसूति स्याहार बिदा पाउनेछ । प्रजनन पद्धतिको बचाउसम्बन्धी प्रबन्ध गर्नुपर्नेः (१) गर्भवतीका लागि हानिकारक भनी प्रमाणित भएका कामहरूबाट बचाउन कार्यस्थलमा प्रजनन पद्धति बचाउसम्बन्धी प्रबन्ध गर्नुपर्ने रहेको छ ।

स्वास्थ्य उपचार र जीवन यापन खर्चः (१) यस ऐनबमोजिमको कसुरबाट कुनै व्यक्ति पीडित भएमा पीडितको स्वास्थ्य उपचार र जीवनयापन खर्च तोकिएबमोजिम कसुरदारबाट भराइनेछ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा थप गर्नुपर्ने नयाँ व्यवस्थाहरुः ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाको प्रजनन स्वास्थ्यको अधिकार प्रत्याभूत हुने प्रबन्ध गर्नुपर्ने र प्राकृतिक विपद्÷महामारीजस्ता जटिल अवस्थामा गर्भवती तथा सुत्केरीको विशेष संरक्षण प्राप्त गर्ने अधिकार सुनिश्चित हुने प्रबन्ध गर्नुपर्ने रहेको छ ।