७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा
अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुनुहुन्छ । आमा बिजुरा र पिता विक्रमबहादुर शाहीका जेठा सुपुत्रका रूपमा विसं २०२५ भदौ १६ गते जन्मनुभएका मुख्यमन्त्री शाहीले कक्षा एकदेखि तीनसम्म स्थानीय सोरुकोट प्राथमिक विद्यालय, कक्षा चारदेखि ७ जनज्योति निमावि नाथरपुर, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गर्नुभएको थियो ।

विसं २०४४ मा चन्दननाथ मावि जुम्लाबाट प्रवेशिका परीक्षा (एसएलसी) गरेपश्चात् उच्च शिक्षाका लागि उहाँ नेपाल ल क्याम्पस काठमाडौँमा भर्ना हुनुभयो । सोही क्रममा विसं २०४५ मा उहाँले अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । नेकपा (माले)को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट राजनीति सुरु गर्नुभएका उहाँ ल क्याम्पसबाट २०४७ सालमा कानुनमा प्रवणीता प्रमाण पत्र तह उत्तीर्ण हुनुभयो । उहाँ २०५४ मा नेकपा (एमाले) एरिया कमिटी सचिव हुनुभयो ।

विसं २०५६ को आम निर्वाचनमा भएको झडपपछि नौ दिन उहाँले हिरासतमा बस्नुपर्यो । अस्थायी र स्थायी शिक्षकका रूपमा काम गर्नुभएका शाहीले १३ वर्षमा १६ विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँ विसं २०५८ मा तत्कालीन नेकपा (माओवादी) पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन सदस्य हुनुभयो । त्यस क्रममा उहाँलाई पार्टीले दिएको जिम्मेवारी विभिन्न मोर्चामा रहेर पुरा गर्नुभयो । विसं २०५९ देखि २०६४ सम्मको अवधिमा शाही जिल्ला कमिटी सदस्य हुँदै पार्टी सचिवका रूपमा काम गर्नुभयो ।

विसं २०६५ पछि उहाँले पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०६९ मा तत्कालीन नेकपा (माओवादी) विभाजनपछि किरण वैद्य समूहमा लाग्नुभएका उहाँले विसं २०७० को संविधानसभा निर्वाचन बहिष्कारमा उत्रेपछि १८ दिन जेल पर्नुभएको थियो । विसं २०७१ मा प्रचण्ड नेतृत्वको पार्टीमा एकता भएयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ विसं २०७९ को प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित हुनुभयो । उहाँले यस अगाडि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाली सक्नुभएको छ । विसं २०८२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेताका रूपमा चयन हुनुभएको थियो ।

नेकपा (एमाले)को समर्थनमा मङ्गलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेसँगै उहाँलाई नेपालको संविधान बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले आजै सपथ लिइसक्नुभएको छ । कर्णाली प्रदेशको पाँचौँ नवनियुक्त मुख्यमन्त्री शाहीले सुशासन, उत्पादन र रोजगारी दिने र गरिबी हटाएर कर्णालीको समृद्धिको यात्रालाई गन्तव्य पुर्याउन प्रमुख लक्ष्यकासाथ काम गर्ने अठोट गर्नुभएको छ ।रासस