७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
अ+ अ-

काठमाडाैँ । झापाकाे भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ ।

आज बिहान करिब ९ः०० बजे भएको उक्त घटनामा उहाँको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । बुहारी सविता खड्काले करेन्ट लागेर लडिरहेको अवस्था देखेपछि बिहान करिब ११ः०० बजे प्रहरीचौकी महेशपुरमा खबर गर्नुभएको थियो । सूचनाप्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीे पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच यहाँकोे मेचीनगर नगरपालिका–१० नागरडुब्बा एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज बिहान स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडावर्तन, चामल, मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन । स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।