१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै



अ+ अ-

काठमाडौँ । आज गुरु पूर्णिमा । आफूलाई शिक्षा र मार्गनिर्देश गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइँदैछ।

अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ डो¥याउने व्यक्तित्वलाई ‘गुरु’ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजको दिनको विशेष महत्व रहेको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसैले गुरुलाई अज्ञानता रूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने पथप्रदर्शकका रूपमा पुजिन्छ ।

आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुलाई भेटेर सम्मान प्रकट गर्ने, मिठाइ तथा उपहार अर्पण गर्ने र गुरुको आशीर्वाद लिने प्रचलन छ । यसै दिनलाई महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा ‘व्यास जयन्ती’ का रूपमा पनि मनाउने गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले व्यासलाई आदिगुरुका रूपमा सम्मान गर्दै आजको दिन विशेष अर्चना गर्ने गर्दछन् । यस अवसरमा देशभरका विद्यालय, क्याम्पस तथा विभिन्न शैक्षिक र आध्यात्मिक संस्थाहरूमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ ।

गुरु–शिष्यको अटुट सम्बन्ध र गुरुको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानैदेखि शुभकामना आदानप्रदान भइरहेको छ । माता–पिता सरह आदरणीय मानिने गुरुको सम्मानमा मनाइने यो पर्वले समाजमा विद्या र नैतिकताको महत्वलाई पुनः स्थापित गर्न सहयोग पु¥याउँदै आएको छ ।

नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका शिक्षक उत्सव लुइँटेलले गुरुलाई स्वयं प्रकाशित सूर्यको संज्ञा दिँदै उहाँले दिग्भ्रमित भएका जीवलाई सही मार्ग देखाउने तत्व नै गुरु भएको बताउनु भयो । उहाँले गुरुलाई अज्ञानतारूपी अन्धकार हटाउने ज्ञानको स्रोतका रूपमा व्याख्या गर्नुभयो । आमाले सन्तानको आँखामा गाजल लगाइदिँदा जसरी आँखा खुल्छन्, त्यसरी नै गुरुले ज्ञानरूपी सलाईमार्फत मानिसको विवेक खुला गरिदिने उहाँको तर्क छ । गुरुको मार्गदर्शनले मानिसलाई यस लोकको भोग (भुक्ति) र परलोकको यात्रा (मुक्ति) दुवैका लागि सक्षम बनाउने उहाँले बताउनु भयो ।

गुरुपूर्णिमाको महत्वबारे चर्चा गर्दै शिक्षक लुइँटेलले भन्नुभयो, ‘शास्त्रअनुसार भगवान् विष्णु वा हरि रुष्ट हुँदा गुरुले रक्षा गर्न सक्नुहुन्छ, तर यदि गुरु नै रुष्ट हुनुभयो भने उहाँको क्रोधबाट कसैले पनि बचाउन सक्दैन । त्यसैले हाम्रा शास्त्र र विज्ञानले गुरुको स्थानलाई सर्वमान्य ईश्वरभन्दा पनि माथि राखेका छन् ।’

लुईटेलले देशमा देखिएका कतिपय द्वन्द्व र समस्याहरू ज्ञानको अभावका कारण सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले ज्ञानरूपी प्रकाशले समाजमा व्याप्त अज्ञानताको अन्धकारलाई नाश गरोस् भन्ने कामना गर्नुभयो ।–न्युज एजेन्सी नेपाल




भर्खरै